दफा ८८
प्राविधिक समितिको काम, कर्तव्य र अधिकार
नियम ८७ बमोजिमको प्राविधिक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेल्ः-

(क) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानमा एकरूपता कायम गर्ने तथा प्रभावकारी बनाउने सम्बन्धमा अनुसन्धानकारी निकायको आवश्यकता अनुसार छलफल गरी सुझाव दिने,

(ख) अनुसन्धान सम्बन्धी कार्यमा विशेष अनुसन्धान पद्दतिको प्रयोगका सम्बन्धमा अनुसन्धानकारी निकायलाई सुझाव दिने,

(ग) आर्थिक अपराध सम्बन्धमा देखा परेका नवीन प्रवृत्ति, प्रकार तथा अभ्यासको बारेमा अध्ययन तथा अनुसन्धान गरी नीतिगत पृष्ठपोषणका लागि सोको जानकारी प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत समन्वय समितिमा पेस गर्ने,

(घ) कसूरजन्य सम्पत्तिको पहिचान, खोजतलास, रोक्का वा नियन्त्रणका सम्भावित विधि बारेमा अध्ययन तथा अनुसन्धान गर्ने,

(ङ) कसूरको अनुसन्धान प्रभावकारी बनाउने सम्बन्धमा कार्यविधि, मापदण्ड तथा निर्देशिका बनाई लागू गर्न अनुसन्धानकारी निकायलाई सहयोग र सहजीकरण गर्ने ।